नौगाड गाउँपालिकामा दश सैया अस्पतालको शिलन्यास गरियो

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

नौगाड गाउँपालिकामा दश सैया अस्पतालको शिलन्यास गरियो

पृथ्वीराज सुनाम मंसिर १५ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको वडा नम्बर ३ जामिरमा सोमबार दश शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा भवन निमार्ण हुने स्थलमा पूजापाठ गरि अस्पतालको शिलन्यास गरिएको हो । दश शैयाको अस्पताल भवन निमार्णका लागि सरकारले ८५ लाख रुपैँया विनियोजन गरिसकेको छ । अस्पताल निमार्णका लागि स्थानियहरुले १० रोपनी जमिन दान गरेका छन् । दुई बर्षभित्र अस्पताल भवन निमार्ण सम्पन्न गर्ने भवन निमार्णको शिलन्यास गरिएको गाउँपालिका अध्यक्ष पे्रमसिंह धामीले बताउनुभयो ।