विद्युतीकरणको माग गर्दै पनेबाजमा आन्दोलनका साथै लोक मार्ग अबरुद्ध 

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

विद्युतीकरणको माग गर्दै पनेबाजमा आन्दोलनका साथै लोक मार्ग अबरुद्ध 

पृथ्वीराज सुनाम मंसिर १५ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुनका बासिन्दाहरुले विद्युतीकरणको माग गर्दै  पनेबाजमा आज लोगमार्ग अबरुद्ध गरेका छन् । विद्युतीकरणको निकायले लापरवाही गरेको भन्दै शैल्यशिखर नगरापालिका वडा नम्बर ६ पनेबाजस्थित महाकाली लोकमार्ग र स्थानीय बजार क्षेत्रमा अनिश्चितकालका लागि लोकमार्ग बन्द गरिएको संघर्ष संयोजक जग्दीश सिंह धामीले बताउनु भएको छ । मंसिर १२ गते पनि महाकाली लोकमार्ग अबरुद्ध गरेको र सोमबार पनि बिहान ८ बजेदेखि चक्काजाम गरेका छन् । तीन वर्ष पहिले नै पोल गाडिएको र अहिलेसम्म लाइन जडान नभएको गुनासो गर्दै गाउँमा विद्युतिकरण गर्नुपर्ने माग रहेको संघर्ष संयोजक जग्दीश सिंह धामीले बताउनुभयो । दार्चुलाका लागि आएको विद्युतीय सामग्रीहरु बैतडी र बझाङ गएको सुन्नमा आएकाले उनीहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयहरुको भनाई छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सुपरभाइजर कुलदिप सादाका अनुसार शैल्यशिखर नगरपालिकाको विद्युतिकरण हुन बाँकी क्षेत्रमा विद्युत बाल्न विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयबाट ठेक्का भएर काम शुरु हुने चरणमा छ । चमेलिया प्रभावित दार्चुलाको शैल्यशिखर र बैतडीको डिलाशैनी गाउँपालिकामा विद्युतिकरण गर्न आवश्यक निमार्ण सामग्री ढुवानी भइसकेको सुपरभाइजर कुलदिप सादाले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र निमित्त कार्यालय प्रमुख समेत आन्दोलन स्थलमा पुग्ने र सबै पक्षबीच बासालेर सहमति निकाल्ने प्रयास भइरहेको मालिकार्जुन प्रहरी इन्जार्च तेज बहादुर खड्काले बताउनु भयो ।