निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनायो(फोटो फीचर) 

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनायो(फोटो फीचर) 

दृष्टीकोण समाचार, साउन १५ दार्चुला । निजामती कर्मचारीको हकहितको लागि संघर्ष गर्ने क्रममा आफ्नो जिवन बलिदान गर्ने शहिदहरु मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्माको स्मृतिमा दार्चुलामा पनि निजामती कर्मचारी संगठन एक औपचारिक कार्यक्रम गरी स्मृति दिवस मनाएको छ । निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष लक्ष्मीराज जोशीको अध्यक्षता र जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बर भट्टको प्रमुख आतिथ्यतामा जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण कार्यक्रम गरिएको छ । 


फलफुल वितरण कार्यक्रममा निजामती कर्मचारी संगठनका जिल्ला कमिटी पदाधिकारीहरुको सहभागिता रहेको संगठनका सचिव नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।