अछामको मार्कुमा बस दुर्घटना, एकजनाको मृत्यु १७ जना घाइते

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

अछामको मार्कुमा बस दुर्घटना, एकजनाको मृत्यु १७ जना घाइते

पृथ्वीराज सुनाम अछाम १५ मंसिर । अछामको मार्कुमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन् । आज बिहान मंगलसैनदेखि धनगढी जान लागेको ना ४ ख ९९७२ नम्बरको बस अछाम  चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी अछामका   निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनु भयो ।  बस दुर्घटनामा बसका चालक यज्ञराज पाण्डे र बस मालिक पनि घाइते भएका छन् । यान्त्रिक खराबीको कारणले गर्दा बस सडक खण्डबाट ६० मिटर तल खसेको थियो । दुर्घटनामा परेका सबै घाइतेहरुलाई अछामको बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।