बैतडीमा भिरबाट लडेर १ जनाको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर ११ बिहीबार

बैतडीमा भिरबाट लडेर १ जनाको मृत्यु

बैतडी मंसिर ११ । बैतडीमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ न्वालीका अन्दाजी ४५ बर्षीय पदम भुलको भिरबाट लडेर ज्यान गएको स्थानियहरुले जानकारी दिएका छन । बुधबार साझ ९ बजेको समयमा बनकाडा घर भएका भुल न्वाली बजारबाट घर जाने क्रममा भिटा भन्ने स्थानबाट खसेको बताईएको छ । स्थानियहरुले बिहिबार बिहान मृतक भुलको शब फेला पारेको स्थानिय दौलत राम लुहारले जानकारी दिए । मृतक भुलका ३ छोरा २ छोरी रहेका छन । यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने जानकारी प्राप्त नभएको बताएको छ ।