भारतबाट पेन्सन बुझ्नेहरुका लागि एक एक घण्टाकालागि खलंगा पुलघाँट खुल्ला 

३ बर्ष अघि

२0७७ मंसिर ११ बिहीबार

भारतबाट पेन्सन बुझ्नेहरुका लागि एक एक घण्टाकालागि खलंगा पुलघाँट खुल्ला 

दृष्टिकोण समाचार मंसिर ११ दार्चुला । भारतबाट पेन्सन बुझ्नेहरुका लागि खंलगा पुलघाँट खुल्ला गरिएको छ । खलंगा स्थित भारतको धारचुला र दार्चुला जोड्ने पुलघाँट मंसिर ११ गते देखि लिएर यही महिनाको १४ गतेसम्म खुल्ला रहने दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विहान १० बजे देखि ११ बजे सम्म तथा दिउँसो ४ बजे देखि ५ बजे एक एक घण्टा सिमा पुल खुल्ला हुन छ, साथै लाली र जौलजिवि पुल पनि सोही समय अनुसार खुल्ला गरिने  दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  हेनुहोस् सुचना सहित