महिला अधिकारका लागि लडेकी छेपरी देबीको सफलता

६ बर्ष अघि

२0७५ श्रावण १४ सोमबार

महिला अधिकारका लागि लडेकी छेपरी देबीको सफलता

दृष्टीकोण समाचार, साउन १४ दार्चुला । जिवनको ५५ बर्ष उमेर नाघेर अझैपनि महिला अधिकारका लागि वकालत गरिरहेकी छेपरी देबी खत्रीलाई बल्ल सफलता हात परेको छ । लामो समय देखि ग्रामिण क्षेत्रका महिलाहरुको विभिन्न अधिकारका बारेमा विभिन्न निकायमा वकालत गर्ने छेपरी देबीको पहलमा हाल सिरुडामा महिला सामुदायिक भवन बन्दैछ । 
भैरबनाथ आमा समूह लेकम ६ सिरुडाको अध्यक्ष भएर महिला अधिकारका लागि विभिन्न निकायमा वकालत गर्ने छेपरी देबीले यो बर्ष महिला समूहको बैठक बस्ने सामुदायिक भवन निर्माण गर्न सम्म भ्याएकी छिन् । ग्रामिण क्षेत्रमा बस्ने महिलाहरुलाई अधिकार भन्दा पनि कामकाज कै चटारो भईरहेको हुन्छ । तर छेपरी देबीले कामकाज सँगै महिला अधिकारका लागि बोल्दा—बोल्दै अहिले आमा समूहको सम्पत्ती समेत जोड्नु भएको छ । यो भन्दा पहिले लेकम गाउँपालिका ६ सिरोडा खुलखालीमा फिल्ड निर्माण गर्नु भयो भने हाल सोही क्षेत्रमा सामुदायिक भवन निर्माण गर्दैछन् ।
वडा पालिकाबाट साढे तीन लाख रुपैँयाको लगानीमा हाल सामुदायिक भवन बन्न लागेको हो । भवन निर्माण समितिकी समेत अध्यक्ष रहेकी छेपरी देबी खत्रीले आफ्नै कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।