भारतबाट पेन्सन बुझ्नेहरुका लागि जोलजीवि र लाली नाका खुल्ला 

३ बर्ष अघि

२0७७ मंसिर ११ बिहीबार

भारतबाट पेन्सन बुझ्नेहरुका लागि जोलजीवि र लाली नाका खुल्ला 

दृष्टिकोण समाचार मंसिर ११ दार्चुला । दार्चुलाको लाली र जोलजीवि जोड्ने नाका आज अर्थात् बिहीबार खोलिएको छ । भारतीय सैनिकबाट अवकास प्राप्त नेपाली नागरिकहरुका लागि आज जौलजीवि र लाली नाका खोलिएको हो । आज मंसिर ११ गतेदेखि यसै महिनाको १४ गते अर्थात् तीन दिन सम्म भारतीय पेन्सनरहरुकालागि सीमानाका खोल्न लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । बिहान १० बजेदेखि ११ बजेसम्म पहिलो चरणमा र अपराहन ४ बजेदेखि ५ बजेसम्म दैनिक दुई घण्टाका लागि दुई चरणमा  नाका खोल्न लागिएको पोखरेलले जनाएका छन् । भारतीय सैनिकबाट अवकाश प्राप्त नेपाली नागरिकहरुले लामो समय देखि पेन्सन लिन नसकेको हुनाले घरखर्च चलाउन समेत अप्ठ्यारो पर्दा पेन्सनहरुका लागि सीमापूल खोल्ने विषयमा सहजीकरण गर्न लेकम गाउँपालिकाको वडा नम्बर ३ कार्यालयले मंसिर ३ गते मालिकार्जून गाउँपालिकाले मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको थियो । सोही अनुरोधमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई लाली र जौलजीवि नाका खोल्ने विषयमा मंगलबार पत्राचार गरीएको थियो । सोही अनुरोधमा भारतीय पक्षले सहमति जनाएको हुनाले लाली र जोलजिविका सीमापुलहरु मंसिर ११ गते देखि १४ गते सम्म तीन दिन सम्म नाका खोलिने भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शारदकुमार पोखरेलले जनाएका छन् ।