दार्चुलामा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ९० पुग्यो

३ बर्ष अघि

२0७७ मंसिर १0 बुधबार

दार्चुलामा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ९० पुग्यो

दृष्टिकोण समाचार मंसिर १० दार्चुला । दार्चुलाका सात जना महिलासहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिका वडा नम्बर ४ का ११ जनामा कोरोना सक्रमण पुष्टि हो ।मंसिर ५ गते विद्युत प्राधिकरणकाका आठ जना सहित १७ जनामा कोरोना सक्रमण पुष्टि भएपछि उनीहरुको प्रतक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गर्दा थप ११ जनामा कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वाब संकलन गरिएका ४६ जनामध्ये ४२ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाकी छ । बुधबार ११ जना संक्रमित थपिएसंगै दार्चुलामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई सय ९० पुगेको छ ।