नेपालमा थप १ हजार ९ सय ४८ जनामा कारोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १0 बुधबार

नेपालमा थप १ हजार ९ सय ४८ जनामा कारोना संक्रमण पुष्टि

दष्टिकोण समाचार १० मंसिर काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रिमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका संक्रिय संक्रिमितको संख्या १६ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ भने नेपालमा कारोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।