दार्चुलामा पनि महिला हिंसा अन्त्य दिवस मनाइयो

३ बर्ष अघि

२0७७ मंसिर १0 बुधबार

दार्चुलामा पनि महिला हिंसा अन्त्य दिवस मनाइयो

दृष्टिकोण समाचार मंसिर १० दार्चुला । दार्चुलाकाे  महाकाली नगरपालिका स्थित बजार क्षेत्रमा पनि महिला हिंसा अन्त्य दिवस मनाइएको छ । हरेक वर्ष २५ नाभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिसां अन्त्यको प्रतिबद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ महिला हिंसा अन्त्य दिवस बजार क्षेत्रमा मनाइदैछ । आज बिहान दिवसको पहिलो दिन दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला प्रहरी कार्यालय नजिकबाट पुलघाट, प्रेमसिंह धामीको शालिक हुदै बसपार्कसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्याक्रममा सुरक्षा निकायका प्रमुखहरु, महिला अधिकारकर्मीहरु, विभिन्न संघ संस्थाका पदाधिकारी, सुरक्षकर्मी, संचारकर्मी र स्थानीयको सहभागिता रहेको थियो । दार्चुला जिल्ला विभिन्न स्थानीय तहहरुमा समेत सचेतनामुलक कार्यक्रमको ओयना गरेर १६ दिने अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदैछ । विभिन्न स्थानमा हुने यौनजन्य हिंसासँगै घरमा कार्यस्थलमा हुने हिसांसम्बन्धी कानुन राज्यले निमार्ण गरेको छ । कानुन भएपनि कारबाही नभएको अवस्था छ । अहिले राजनीतिमा महिला सहभागिता बढेको कुरा आइरहेको छ । नेपालको संविधानमा ३३–४० प्रतिशतको ब्यवस्था ब्यवस्थापिका संसध छ । २०७५ भदौ १ गतेदेखि मुलुकी ऐनलाई विस्थापित गरी मुलुकी अपराध संहिता र मुलुली देवानी संहिता भनेर नयाँ कानुन आएका छन् ।