नेपाल–भारत जोड्ने सीमा पूल हप्ताको दुई दिन खुल्ने

३ बर्ष अघि

२0७७ मंसिर १0 बुधबार

नेपाल–भारत जोड्ने सीमा पूल  हप्ताको दुई दिन खुल्ने

दृष्टिकोण समाचार मंसिर १० दार्चुला । नेपाल–भारत जोड्ने सीमा पूल  हप्ताको दुई दिन खोल्न प्रस्ताव गरिएको छ ।काेेेराेनाका कारण गत  चैत ११ गतदेखि बन्द रहेको थियो ।  जिल्ला प्रशासन कार्यालय दार्चुलामा मंगलबार बसेको जनप्रतिनिधिसहितको सर्वपक्षीय बैठकले नेपाली मजदुर र विद्यार्थीहरु मार्कामा परेको भन्दै सातामा दुई दिन खोल्न प्रस्ताव गरेको हो । स्थानीय प्रशासनको समन्वयमा खोलिदै आएको पूलमा भीडभाड बढि हुने गरेको भन्दै हप्तामा दुई दिन पूल खुलाउन भारतीय प्रशासनसँग समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । भारतीय पक्षले दार्चुला प्रशासनको आग्रह मानेमा हरेक हप्ताको बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पूल खुलाउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकले गरेको निर्णयको आधारमा भारती प्रशासनलाई आग्रह पत्र पठाउने प्रजिअ पोखरेलले बताउनुभयो । भारतले पूल खुलाउन सहमत भए आगामी शनिबार देखि हप्तामा दुई दिन नेपाल भारत जोड्ने सदरमुकाम खलंगा पुल खुला हुने छ । दैनिक छ घण्टा पूल खुल्दा सर्वसाधारण, मजदुर र विद्यार्थीलाई समेत सहज हुने छ । कोभिडका कारण पूल निश्चित समयमा नखुल्दा यहाँका स्थानीयलाई बिहेबारी, औषधी उपचार, विद्यार्थीको पठन पाठन, रोजगारी लगायतका दैनिक जनजीवनमा कठिनाई उत्पन्न भएको हुँदा सवै पक्षको आग्रह पछि यस्तो निर्णय पुगिएको प्रजिअ पोखरेलले बताउनुभयो । पूल खुलाउँदा अतिआवश्यक बाहेकको आवगमन नगराउने तथा न्यूनतम सुरक्षा मापदण्डमा भने कडाई गर्ने बैठकले निर्णय गरेको छ । 
प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहराको विशेष उपस्थिती रहेको थियो । कहिले काहि मात्रै पूल खुलाउँदा सर्वसाधारणको भीड लाग्ने तथा पूलको प्रतिक्षामा पूलमा भीड हुन थालेपछि सर्वपक्षीय सहमतिमा हप्तामा नियमित दुई दिन छ घण्टाका दरले पुल खुलाउन भारतसँग प्रस्ताव गरिएको हो ।