नेपालमा थप १ हजार ७ सय ९० कोरोना सङ्क्रमित, पुष्टि २ हजार ७ सय ९१ जना डिस्चार्ज

३ बर्ष अघि

२0७७ मंसिर ९ मंगलवार

नेपालमा थप १ हजार ७ सय ९० कोरोना सङ्क्रमित, पुष्टि २ हजार ७ सय ९१ जना डिस्चार्ज

काठमाण्डौ मंसिर ९ ।  नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । मङ्गलबार थप १ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १० हजार आठ सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।  अब नेपालमा १७ हजार आठ सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २४ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ६१ पुगेको छ ।