बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

३ बर्ष अघि

२0७७ मंसिर ९ मंगलवार

बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

काठमाडौं मसिंर ९ । अन्तराष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पर्नुभएको छ । कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरुभन्दा फरक गरेर समाजमा परिर्वतन ल्याउने महिलालाई बिश्वबाट खोज गरिन्छ । यसपटक नेपालबाट सय महिलाको सूचीमा आर्यघाटमा बेवारिसे शवको अन्त्येष्टि गर्ने १८ वार्षिय सपना रोका मगर परेकी छन् । बीबीसीको सूचीमा परेपछि सपनाले आपूm गौरवान्वित भएको बताएकी छीन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन आत्मशान्तिका लागि हो भनेर उनले  बीबीसीमा भनेकी छन् ।