सडक र विद्युत्त लेकमको पहिलो प्राथमिकता ः प्रमानन्द जोशी

६ बर्ष अघि

२0७५ श्रावण १४ सोमबार

सडक र विद्युत्त लेकमको पहिलो प्राथमिकता ः प्रमानन्द जोशी

दृष्टीकोण समाचार, साउन १४ दार्चुला । लेकम गाउँपालिकाले चालु आर्थिक बर्षमा विकासको पहिलो प्रथमिकतामा सडक र विद्युत्तिकरण राखेको छ । गाउँपालिकाले नयाँ आर्थिक बर्षका लागि ल्याएको बजेट तथा नीति कार्यक्रममा सडक र विद्युत्तलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो । आर्थिक बर्ष २०७४÷७५ को सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले गत आर्थिक बर्षमा विकास निर्माण काम गर्न विभिन्न समस्या रहेको बताउँदै चालु आवबाट विकासलाई गति दिईने समेत बताएका छन् ।
झण्डै पाँच करोड रुपैँया सडक विस्तार र ६० लाख रुपैँया विद्यूत्तीकरणका लागि बजेट विनीयोजन गरिएको छ । ऐरिछाना देखि धन्थला जोड्ने सडक खण्डका लागि डिपीआर गर्न तथा सडक विस्तार गर्नका लागि लेकम गाउँपालिका वडा नम्बर ४ टकनाबाट दुईवटा खण्डमा सडकलाई विभाजन गरिएको छ । 
टकनाबाट छेला, चौपाता, सिरोडा, सर्मोली हुँदै धन्थला र टकना बाटै गोदाली पाती, बगौरा, रातामाटा, कुणी हुँदै धन्थला जोड्ने सडकमा बजेट खर्च गरिने छ । यो बाहेक गोकुलेश्वर देखि लाली सम्म जोड्ने अर्को सडक मार्गमा पनि यो आर्थिक बर्षमा बजेट विनियोजन गरिएको छ । 
त्यस्तै लेकम गाउँपालिकामा बिद्युत्तीकरणका लागि नेपाल विद्युत्त प्राधिकरणसँग सहकार्य गर्दै गाउँपालिकाले ६० लाख रुपैँया बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जोशीले बताउनु भयो । 
यसका अतिरिक्त गाउँपालिकामा अन्य विकास निर्माणका योजनाहरु पनि सञ्चालनमा रहेका छन् । वडापालिकाबाट सम्भव हुने विकास निर्माणका योजना वडाबाट र बाँकी योजनाहरु गाउँपालिकाबाट सुचारु गरिएका हुन् । 
लेकम गाउँपालिकामा चारवटा वडा कार्यालय बन्दै
लेकम गाउँपालिकामा जम्मा ६ वटा वडा रहेका छन् । वडा नम्बर ३ लाली र वडा नम्बर ४ खरकडा बाहेक सबै वडाहरुमा आफ्नै भवन नभएपछि गत आर्थिक बर्षबाट लेकम गाउँपालिकाका वडानम्बर १,२, ५ र ६ का नयाँ भवनहरु बन्न लागेका छन् । वडा नम्बर १ को सर्मोली, वडा नम्बर २ को कुणी वडा नम्बर ५ को चौपाता र वडा नम्बर ६ को उचाकोटमा वडा पालिकाका नयाँ भवन बन्न लागेका हुन् ।