विश्वभरी कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख नाघ्यो

३ बर्ष अघि

२0७७ मंसिर ९ मंगलवार

विश्वभरी कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख नाघ्यो

काठमाडौं ९ मंसिर । विश्वभर कारोना भाइरस संक्रमितको संख्या ५ करोड ९५ लाख १ हजार ५ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कारोनाका कारण ७ हजार ९ सय ४७ जनाको मुत्यु भएसँगै हालसम्म कारोना भाइरसका कारण ज्यान गुमाउने संख्या १४ लाख १ हजार ५ सय ६७ पुगेको छ । विश्वमा हालसम्म ४ करोड ११ लाख ४५ हजार ८ सय ८८ जना कोरोना मुक्त भएका छन् भने १ करोड ६९ लाख ५४ हजार ९४ जना संक्रिय संक्रमित रहेका छन् ।