नेपालमा कोरोना संक्रमणको संख्या २ लाख २२ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ मंसिर ८ सोमबार

नेपालमा कोरोना संक्रमणको संख्या २ लाख २२ हजार नाघ्यो

काठमाडौं ८ मंसिर । नेपालमा कारोना भाइरसको संक्रमतिको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल सम्म कोरोनाका संक्रिय संक्रिमितको संख्या १८ ह जार ८ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको कारोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कारोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।