नेपाली सेनाले खेलकुद गतिविधि संचालन गर्दै 

३ बर्ष अघि

२0७७ मंसिर ८ सोमबार

नेपाली सेनाले खेलकुद गतिविधि संचालन गर्दै 

मंसिर ८ काठमाडौं । नेपाली सेनाले आँउदो बुक्रबारदेखि खेलकुद प्रशिक्षण सुरु गर्दै गर्ने भएको छ । कोरोना भाइरसको न्यूनीकरण तथा रोकथाममा सहयोग पु¥याउन खेलकुद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आ–आप्mनो युनिटमा फिर्ता पठाएको थियो । खेलकुद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई अगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कारेना महामारीको कारण हालसम्म केन्द्रले कुनै खेलकुद संचालन गरेको छैन । सेनाले पहिलो चरणमा सहभागी अन्तराष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा संचालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ । कोभिड–१९ को कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता अन्तर्गत अन्तराष्ट्रिय ट्राई एड्भान्चर, उच्चपर्वतीइ  ट्राइ–एड्भान्चर, अन्तराष्ट्रिय महिला फुटबल, राट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर संचालन गर्ने सेनाले जनाएको छ । सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी ब्याडमिन्टन, र्याफ्टििङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोरोना विरुद्ध मापदण्ड उपाय अपनाएर लगनखेल स्थित सैनि शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ । शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक, पेशेवर र नेतृत्व  गर्ने फौज तयार गर्ने खेलकूदलाई सेनाले प्राथकितामा राखेको राष्ट्रिय खेलकूद परिषदले जनाएको छ ।