नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

३ बर्ष अघि

२0७७ मंसिर ७ आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

काठमाण्डौ ७ मंसिर– नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३ सय ८ पुगेको छ । आइतबार थप १ हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा ५ हजार ६ सय ९९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ९९ हजार २४ पुगेको छ । अब नेपालमा १९ हजार ९ सय ६३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै ६ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार  ३ सय २१ पुगेको छ ।