नेपालमा थप १ हजार ६ सय ७४ जनामा कारोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ मंसिर ६ शनिबार

नेपालमा थप १ हजार ६ सय ७४ जनामा कारोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार मंसिर ६ काठमाडौं । नेपालमा थप  १ हजार ६ सय ७४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३ सय २५ पुगेको छ  । नेपालमा पछिल्लो  २४ घण्टामा थप ७ जनाको कारोना भाइरसको संक्रमणका कारण मृत्य् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कारोनाले ज्यान गुमाउने संख्या १ हजार ३ सय ५ पुगेको र संक्रिय संक्रमितको संख्या २४ हजार ९ सय रहेको मन्त्रालयले जनाएको छ ।