दुम्सीका लागि थापेको पासोमा चितुवा परेपछि

६ बर्ष अघि

२0७५ श्रावण १२ शनिबार

दुम्सीका लागि थापेको पासोमा चितुवा परेपछि


साउन,१२ बैतडी
बैतडीमा दुम्सीका लागी थापेको पासोमा चितुवा परेको छ । जिल्लाको मेलौली नगरपालिका ३ लेकमा दुम्सीले मकै नष्ट गर्न थालेपछि स्थानियले थापेको पासोमा चितुवा परेको इलाका प्रहरी कार्यालय मेलौलीले जानकारी दिएको हो ।
सनिबार बिहान इलाका प्रहरी कार्यालय मेलौलीको टोली त्यहाँ गएको छ। चितुवाको खुट्टा मात्रै पासोमा परेकोको चितुवा जिउदैँ रहेको स्थानियले बताएकाछन । जिल्ला बन कार्यालयको टोली पनि त्यँहा तर्फ गइरहेको जिल्ला बन अधिकृत प्रभात सापकोटाले बताउनुभयो ।
प्रहरी तथा जिल्ला बनको टोलि दिउसो १२ बजे मात्रै घटनास्थल पुग्ने छ । घटनास्थल जिल्ला सदरमुकाम बाट ६ घण्टाको पैदल दुरीमा पर्दछ । मेलौली चितुवा प्रभाबित क्षेत्र हो। यसअघि मेलौली नगरपालिका, पञ्चेश्वर गाउपालिका तथा शिबनाथ गाँउपालिकाका २३ जनाको चितुवाकै आक्रमण बाट ज्यान गैसकेका छ भने धेरैलाई घाइते बनाएको छ ।