जर्मनीमा २३ हजार जनामा कोरोना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ मंसिर ६ शनिबार

जर्मनीमा २३ हजार जनामा कोरोना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार मंसिर ६ दार्चुला । जर्मनीमा शनीबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जर्मनीमा कोरोना भाइरसबाट संक्रमितहरुको कुल संख्या नौ लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९ सय ६४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १३ हजार ८ सय ८४ पुगेको अधिकारीहरुले जनाएको छन् । कोरोना संक्रमित भएर निको हुनेको संख्या ५ लाख ९३ हजारभन्दा बढी रहेका छन् । कोरोनाकार कारण अहिले विश्व भरी ५ करोड ७९ लाख १५ हजार ५ सय ५९ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १३ लाख ७७ हजार ८ सय २६ पुगको छ ।