जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच अन्तरक्रिया, सुधारको प्रतिबद्धता

३ बर्ष अघि

२0७७ मंसिर ६ शनिबार

जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच अन्तरक्रिया, सुधारको प्रतिबद्धता

दृष्टिकोण समाचार मंसिर ६ दार्चुला । शुक्रबार प्रतिनिभि सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकमीहरुबीच बजेट कार्यान्वयनबारे स्वास्थ्य कार्यालय दार्चुलामा अन्तरक्रिया भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आउने बजेटलाई दार्चुलामा स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएर खर्च गर्ने तयारी गरिएसँगै जनप्रतिनिधिहरुले स्वास्थ्य कर्मीसँग छलफल गरेको छन् । प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना र प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा र मानबहादुर धामी सन्तोषको आतिथ्यतामा स्वास्थ्य कार्यालय दार्चुला र गोकुलेश्वर दुबै अस्पतालका चिकित्सहरु र दार्चुलाका नौं वटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायत सरोकारवालाहरुबिच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा अन्तरक्रिया गरिएको हो । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाको संयोजकत्वमा बसेको परामर्श सिमतिको बैठकले जिल्ला अस्पताल दार्चुलामा पीसीआर मेसिन, अक्सिजन प्लान्ट, भेन्टिलेटर, दुइै वटा आईसियु बेड राख्ने सहमति गरेका थिए । जिल्लामा कोरोना संक्रमणको जोखिममा रहेकाले चाडो कार्यान्वयनमा कसरी लिन सकिन्छ भनेर स्वास्थ्यकर्मीको राय सुझाव लिनुभएको छ । छलफलको अन्त्यमा सांसद गणेशसिंह ठगुन्नाले स्वास्थ्यकर्मीहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता ठगुन्नाले जनाउनु भएको छ ।