प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत तीन अर्ब बजेट विनयोजन,दार्चुलाका स्थानीय तहमा ३३ लाख देखि एक करोड बढी बजेट

३ बर्ष अघि

२0७७ मंसिर १ सोमबार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत तीन अर्ब बजेट विनयोजन,दार्चुलाका स्थानीय तहमा ३३ लाख देखि एक करोड बढी बजेट

दृष्टिकोण समाचार मंसिर १ दार्चुला । नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सबै स्थानीय तहमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले सबै स्थानीय तहमा बजेट विनियोजन गरेको हो ।रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रबिष्ट भएका बेरोजगारहरुको संख्याका आधारमा प्रत्येक स्थानीय तहमा बजेट विनियोजन गरिएको हो । स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगारहरुको संख्याका आधारमा बजेट विनियोजन गरिएको हो । पछिल्लो सयम विदेश पलायन हुने युवा वर्गलाई स्वदेशमै रोजगार दिई विदेश पलायन हुने युवाको संख्या घटाउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरिएको हो । विदेश जाने युवाहरुको संख्या ह्वात्तै घटाउन नसकिएपनि विदेश जानेहरुको संख्यामा केही गिरावट आएको रोजगार संयोजकहरुले बताएका छन् । दार्चुलाका सबै जसो स्थानीय तहका नेपाली कामदारहरु भारत लगायत तेस्रो मुलुकमा कामको खोजीमा जाने गरेका छन् । पछिल्लो समय केही युवाहरुलाई स्वदेशमै उक्त कार्यक्रमबाट रोजगार उपलब्ध गराइसंगै विदेशिने युवाहरुको संख्या घट्दै गएको हो । चालु आर्थिक वर्षमा अहिले ५८ हजार २७ जना बेरोजगार युवाहरुलाई सय दिन बराबरको रोजगारीका लागि तीन अर्ब बजेट विनियोजन गरेको हो । अहिले तीन अर्ब बजेट विनियोजन गरे ५८ हजार २७ जना युवालाई रोजगार दिन लागेको सरकारले तीन अर्ब ४४ करोड ७० लाख बजेट अनुदान रकम निकट भबिष्यम बाँडबाड गरि स्थानीय तहलाई दिने तयारी गरेको छ ।चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दार्चुलाका स्थानीय तहलाई ३३ लाख देखि एक करोड बढी बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी नौगाड गाउँपालिकामा एक करोड २१ लाख ५० हजार विनियोजन गरिएको छ । यो वर्ष नौगाड गाउँपालिकाका २ सय ३५ जनालाई प्रतिव्यक्ति सय दिन बराबरको रोजगारका लागि उक्त बजेट विनियोजन गरिएको हो ।यस्तै सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा ३३ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ । अपिहिमाल गाउँपालिकामा जम्मा ६५ जनालाई सय दिन बराबरको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यक्रममा रोजगार दिइने छ ।नौगाड गाउँपालिका पश्चात् मार्मा गाउँपालिकामा सबैभन्दा बढी १ करोड १७ लाख ८ हजार बजेट विनियोजन गरिएको छ । मार्मा गाउँपालिकाको रोजगार सेवा केन्द्रमा २ सय २ जना बेरोजगारको नाम सूचीकृत भएकाले उनीहरुलाई सय दिन बराबरको रोजगारका लागि उक्त बजेट विनियोजन गरिएको हो । त्यसपश्चात् दुहूँ गाउँपालिकाका एक करोड १४ लाख २६ हजार बजेट विनियोजन गरिएको छ । दुहूँ गाउँपालिकामा २ सय २१ जनालाई सय दिन बराबरको रोजगार दिइने छ । ब्याँस गाउँपालिकामा २ सय २० जनालाई सय दिन बराबरको रोजगार दिन एक करोड १३ लाख ७४ हजार बजेट विनियोजन गरिएको छ ।जिल्लाका चार गाउँपालिकामा नगरपालिकाको भन्दा बढी बजेट विनियोजन गरिएको छ । नगरपालिकाहरुबाट कम बेरोजगारहरुको सूचीकृत भएकाले सोही अनुसार मन्त्रालयले बजेट विनियोजन गरेको हो । नगरपालिका क्षेत्रमा गाउँपालिकाको भन्दा पनि कम युवाहरुले रोजगार पाउने देखिएको छ । जनसंख्या भू–गोलको हिसाबले जिल्लाका दुबै नगरपालिका गाउँपालिका भन्दा ठूला भएपनि बेरोजगारहरुको सूची कम प्रविष्ट गरिएकाले गाउँपालिकाको भन्दा न्यनु बजेट विनियोजन गरिएको हो ।
शैल्यशिखर नगरपालिकामा ९७ लाख ७२ हजार बजेट विनियोजन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत किसान न्यौपानेले जानकारी दिनुभयो । शैल्यशिखरमा चालु आर्थिक वर्षमा १ सय ९ जनालाई प्रतिव्यक्तिलाई सय दिन बराबरको रोजगार उपलब्ध गराईने छ । त्यस्तै महाकाली नगरपालिकामा १ सय ६ जनालाई रोजगारी उपलब्ध गराउन ८६ लाख ८६ हजार बजेट विनियोजन गरिएको छ । चार गाउँपालिका भन्दा कम बजेट विनियोजन गरिएका नगरपालिकामा जिल्लाका तीन स्थानीय तहको भन्दा बढी देखिएको छ । मालिकार्जुन, लेकम र अपिहिमाल गाउँपालिका भन्दा बडी बजेट विनियोजन गरिएको छ भने बढी युवाहरुलाई रोजगार दिइने छ । लेकम गाउँपालिकामा एक सय जना बेरोजगार युवाहरुलाई सय दिन बराबरको रोजगारीका लागि ५१ लाख ७० हजार, मालिकार्जुन गाउँपालिकामा ८५ जनालाई रोजगारीका लागि ४३ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ । जिल्लाका सबै स्थानीय तहमध्ये कम बजेट अपिहिमाल गाउँपालिकामा ६५ जनाका लागि ३३ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ ।