नेपाल बंगलादेश सँग आज भिड्दै 

३ बर्ष अघि

२0७७ कार्तिक २८ शुक्रबार

नेपाल बंगलादेश सँग आज भिड्दै 

कार्तिक २८ काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबोल खेलका लागि बंगलादेश पुगेको नेपाली टोलि आज बंगबन्धु रंगशालामा बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअुनसार ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । फिफा विश्वकप छनोटका बाँकी खेलहरुलाई मध्यनजर गर्दै यस मैत्रीपूर्ण खेल हुन लागेको छ । बंगलादेश फुटबल फेडेरेसनलको निमन्त्रणामा नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगको थियो । अहिलेसम्म नेपाल र बंगलादेश बिच कुल १९ पटक प्रतिस्पर्धा भएको छ जसमा १२ पटक बंगलादेश विजयी भएको छ । भने नेपालले ६ खेलमा मात्र जित हासिल गरेको छ । यी दुई टिम बिचको १ खेल बराबरीमा रोकिएको थियो ।