तिहार छठ पर्व स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह 

३ बर्ष अघि

२0७७ कार्तिक २८ शुक्रबार

तिहार छठ पर्व स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह 

दृष्टिकोण समाचार कार्तिक २८ दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी तिहार तथा छठ पर्व मनाउन जिल्लाबासीहरुमा आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार एक सुचना जारी गदै स्वास्थ्य सुरक्षा मापदण्डपालना गरी परिवारका सदस्यहरु विचमात्र चाडपर्व मनाउन आग्रह  गरिएको छ । प्रशासनले सङ्क्रमणको विद्यमान स्थितिमा तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवातास नखेल्न समेत सबैमा आग्रह गरिएको छ । यस्तै प्रशासनल देउसी भैलो नखेल्न, पटाका लगायत कुनैपनि प्रज्वनशील पदार्थ नपडकाउन समेत सुचना मार्फत जानकारी गराएको छ । यो सुचनाको अबज्ञा गरेमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ । हेनुहोस सूचना सहित