खोड्पेमा बस दुर्घटना अपडेट, मृतको सनाखत

३ बर्ष अघि

२0७७ कार्तिक २८ शुक्रबार

खोड्पेमा बस दुर्घटना अपडेट, मृतको सनाखत

दृष्टिकोण समाचार कार्तिक २८ दार्चुला । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा राती १० बजेतीर बस दुर्घटना हुँदा ज्यान गुमाएको सनाखत भएको छ । ज्यान गुमाउनेहरुमा दार्चुलाका दुई जना र अन्य बैतडी, कञ्चनपुर र कैलालीका रहेको छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटका जगन्नाथ आझा, लेकम गाउँपलिका वडा नम्बर ४ का तर्कराज गिरी रहेका छन् । यस्तै बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ६ का कविन्द« जोशी, रणबहादुर चन्द, करनसिंह ऐरी र कञ्चरपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ८ का कृतिका कार्की, भीमदत्त नगरपालिका १० का बिजना धामी र कैलाली जिल्ला धनगढी उपमहानगरपालिका १८ का नरेन्द« चौधरी र सोही ठाँउका क्रीषिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनक बहादुर धामीले बताउनु भयो । सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर १२ जना घाइतेलाइै धनगढी रेफर गरिएको र २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।