खाेड्पेमा बस दुर्घटना हुँदा ९ जना मृत्यु, ३४ घाइते

३ बर्ष अघि

२0७७ कार्तिक २८ शुक्रबार

खाेड्पेमा  बस दुर्घटना हुँदा ९ जना मृत्यु, ३४ घाइते

दृष्टिकोण समाचार कार्तिक २८ ।बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससंगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।