पहिलो पटक दार्चुलमा थुनुवालाई पनि कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक २६ बुधबार

पहिलो पटक दार्चुलमा थुनुवालाई पनि कोरोना पुष्टि

दृष्टिकोण समाचार कार्तिक २६ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दार्चुलाको प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामध्ये पहिलो पटक जिल्लाको हिरासतमा कोरोना भाइरस देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक भाष्कर चन्दल जानकारी दिनुभयो । कर्तब्य ज्यान मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका शैल्यशिखर नगरपालिका वाड नम्बर ९ का ३८ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको सूचना अधिकारी चन्दले बताउनु भयो ।  सूचना अधिकारी चन्द अनुसार कोरोना पुष्टिपछि ती थुनुवालाई छुटै आइसोलेसनमा भर्ना गरिएको बताएका छन ।  कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रहरीले पक्राउ गरेकालाई हिरासतमा राख्नुअघि पिसिआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षा अपनाउने गरेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यो संगै जिल्लामा कोरोना सक्रमितको संख्या २सय ६१ पुगेको छ ।