मुम्बई भयो पाँचौ पटक च्याम्पियन 

३ बर्ष अघि

२0७७ कार्तिक २६ बुधबार

मुम्बई भयो पाँचौ पटक च्याम्पियन 

काठमाडौं कार्तिक २६ । आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणको उपाधि जितेको छ । युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३,२०१५,२०१७ र २०१९ मा उपाधि जितेको थियो । दिल्लीका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जितेका हुन । २००९ मा उनले डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेको थिए । रोहितले पहिलो विकेटका लागि कवीन्टन डे कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसँग समान ४५ रनको साझेदारी गरेका थिए । डे ककलाई दिल्लीका मार्कुस स्टोनिसले क्रष्भ पन्तद्धारा क्याच आउट गराए । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३घ रन बनाए । अघिल्लो खेलबाट आपनिङ थालेका अलराउण्डर मार्कुस स्टोइनिङ पहिलो बलमै टे«न्ट बलमा विकेट किपर क्विन्टन डे ककबाट क्याचआउट भएका थिए । मुम्बईका लागि टे«न्ट बोल्टले ४ ओभरमा ३ण् रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह वकेटविहिन बनेका थिए ।