याेगदान राष्टका लागि नामक समिति दार्चुलामा गठन

३ बर्ष अघि

२0७७ कार्तिक २५ मंगलवार

याेगदान राष्टका लागि नामक  समिति दार्चुलामा गठन

दृष्टिकोण समाचार कार्तिक २५ दार्चुला 
प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ योगदान राष्टका लागि समिति दार्चुलामा गठन गरिएको छ । भुपेन्द्र सिह धामी अध्यक्ष रहने गरी २१सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । 
जसको अध्यक्षमा भपेन्द्र सिह धामी,  शान्ती धामी उपाध्यक्ष , कलावती भट्ट कोषाध्यक्ष, नविन धामी सचिब तथा ओम प्रकाश धामी सह सचिबमा  चयन हुनुभएको छ । सस्थाले सल्लाहकारमा कृष्ण सिह ठगुन्नालाई चयन गरेको छ । मंगलबार भएको उतm कार्यक्रममा सुदुरपश्चिम प्रदेशका संयोजक कृष्ण बटाला प्रमुख अतिथी रहनु भएको थियो ।
यस्तै कार्यक्रममा अपि हिमाल गाउँपालिकाका कार्य समिति सदस्य रुक्मति जागरी र शान्ती धामीको समेत सहभागिता रहेको जनाएको छ । यस्तै समितिले प्राथमिक उपचार हाम्रो सरोकार सम्बन्धिका तालिम तथा व्यवस्थापनमा जोड दिने जनाएको छ ।