आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदै 

३ बर्ष अघि

२0७७ कार्तिक २५ मंगलवार

आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदै 

काठमाडौं कार्तिक २५ । इन्डियन प्रिमियर टी–२० क्रिकेटको १३ औँ संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्यिन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल आज रातिा नेपाली समयअनुसार पौने ८ बजे युएईको दबईमा हुनेछ । १२ औँ संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै एतिहास रच्न सफल भएको छ । फाइनलअघिको तीन भेटमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । लिग चरणका दई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलार्य पराजित गरेको हो । लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलार्य उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेको छ । फाइनल खेल मुम्बईले जिते एकै प्रतियोगितामा मुम्बईले एउटै टिमलाई चार पटक पराजित गर्नेछ । दिल्लीले जिते ३ हारको बदला लिँदै पहिलो पटक च्याम्पियन हुने अवसर छ । २०१७ को फाइनलमा राइजिङ पुनेलाई पराजित गर्नुअघि मुम्बईले त्यही टिमसँग ३ खेल हारेको थियो ।