सुनको मूल्य आज ३ हजार ४ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ कार्तिक २५ मंगलवार

सुनको मूल्य आज ३ हजार ४ सय रुपैँयाले घट्यो

काठमाडौं कार्तिक २५ । मंगलबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैँया घटेको छ । सुनेको मूल्य आज प्रतितोला ९४ हजार ८ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९८ हजार २ सय रुपैँया थियो । यस्तै चाँदी पनि प्रतितोला ७० रुपैँयाले घटेर १ हजार २ सय १५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।