ब्याँसको छाङरुमा नमस्ते टावर निर्माण गरिदै, 

३ बर्ष अघि

२0७७ कार्तिक २४ सोमबार

ब्याँसको छाङरुमा नमस्ते टावर निर्माण गरिदै, 

दृष्टिकोण समाचार कार्तिक २४ दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा नेपाल टेलिकमको नमस्ते टावर निर्माण गरिदै छ । त्रीदेशीय सीमा क्षेत्रमा रहेको ब्याँस क्षेत्रमा फोन सेवा पहुँच बढाउने उद्देश्यले छाङरुमा नेपाल टेलिकमको नमस्ते टावर निर्माण गर्न लागिएको नेपाल टेलिकम दार्चुलालले जनाएको छ । नेपाल टेलिकमले पछिल्लो सयम स्काई टावर राखिएको स्थानमा पनि जिएसएम टावर निर्माण गर्न लागिएको हो । ब्याँसको छाङरुमा अहिले स्काई टावर सञ्चालनमा रहेको छ भने सोही स्थानमा पुनः नमस्तेको टावर निर्माण गर्न लागिएको हो ।टावर निर्माणका लागि आइतबारदेखि टावरका सामग्रीहरु हेलिकप्टरबाट ढुवानी कार्य भइरहेको छ । करिब १ सय ८० क्वीन्टल टेलिकमका टावरहरु ढुवानी कार्य भइरहेको वडा नम्बर १ का वडाध्यक्ष असोक सिह  बोहराले बताउनु भयो । हिमपात हुनुपूर्व जतिसक्दो जिएसएमको टावर निर्माण गर्ने कार्य भइरहेको छ । १०÷१५ दिनभित्र जतिसक्दो तीब्र गतिमा निर्माण कार्य गरिने वडाध्यक्ष बोहराको भनाई छ । अहिले चिसो अत्यधिक बढी रहेकाले हिमपात समेत हुने भएकाले हिमपात सुरु हुनुपूर्व जतिसक्दो टावरको कार्य गरिने छ । वडाध्यक्ष बोहराका अनुसार अहिले टावर निर्माणको कार्य मात्रै गरिने छ भने आगामी चैत्र÷बैशाखबाट टावर सञ्चालन गरिने छ ।ब्याँस र छाङरुमा फोन तथा सञ्चार सेवा बढाउने र प्रदेश सरकारले एकीकृत योजना अन्तरगत विकास गर्ने योजना लिएको छ ।छाङरुमा सुरक्षा उपस्थिति बढाएर फोन तथा सञ्चार सेवा पनि विस्तार गर्ने कार्य भइरहेको छ । स्काई फोन सेवाले मात्रै काम गर्ने छाङरुमा भाइनेटबाट इन्टरनेट सेवा पनि सञ्चालनमा छ । यस्तै फोर जी सहितको जिएसएम टावर निर्माण कार्य सुरु भएको छ ।