हैदराबादलाई हराउँदै दिल्ली आईपीएलको फाइनलमा 

३ बर्ष अघि

२0७७ कार्तिक २४ सोमबार

हैदराबादलाई हराउँदै दिल्ली आईपीएलको फाइनलमा 

कार्तिक २४ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार राति आबुधाबीमा भएको दास्रो क्वालिफायरमा सनराइजर्स हैदराबदलाई १७ रनले पराजित गर्दैै दिल्ली फाइनलमा प्रवेश गरेको छ । हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । अब्दुल समादले ३३ रन जोड्दा राशिद खाले ११ रन बनाए । मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए र जोसन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए । हैदाबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १÷१ विकेट लिए । योसँगै दिल्ली आईपीएलको इीतहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रेहेको मुम्बई इण्डियन्ससँग खेल्न्ेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।