मार्मामा कोभिड — १९ अस्पतालको उद्धघाटन

३ बर्ष अघि

२0७७ कार्तिक २३ आईतवार

मार्मामा कोभिड — १९ अस्पतालको उद्धघाटन

दृष्टिकोण समाचार कार्तिक २३ दार्चुला । दार्चुला जिल्लाकोे मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्घाटन गरिएको छ । कोरोना भाईरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको उद्घाटन गरेको हो । जिल्लाका ६ वटा स्थानीय तहले अझै अस्पतालको उद्घाटन गर्न सकेका छैनन । मार्मा गाउँपालिकाले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो । अस्पतालको व्यवस्थापकीय कार्य पूरा गरि सेवा सञ्चालनमा ल्याएर उद्घाटन गरिएको छ । गाउँपालिकाले वडा नम्बर २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो । उहाँले अस्पतालमा अक्सिजनसहितको औषधीहरुको समेत ब्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स, र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ । संघीय सरकारले अस्पताल नभएका दार्चुलाका सात वटा स्थानीय तहहरुमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँ बजेट पठाईसकेको छ । दार्चुला जिल्लाका ९ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा ५ बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका दार्चुलाका जन स्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । दार्चुलाको महाकाली  नगरपालिका र शैल्यशिखर नगरपालिका बाहेकका सबै स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अस्थायी कोभीड अस्पातल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले ५ लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ । यस्तै ४ लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तिन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरुमा यी अस्पतालहरु सञ्चालन गर्नुपर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, उपाध्यक्ष बागमती ठगुन्ना, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार राना, गाउँपालिका स्वास्थ्य संयोजक चक्रसिह धामी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।