फाइनलमा पुग्न दिल्ली र हैदराबादको टीम आज खेल्दै 

३ बर्ष अघि

२0७७ कार्तिक २३ आईतवार

फाइनलमा पुग्न दिल्ली र हैदराबादको टीम आज खेल्दै 

कार्तिक २३ काठमाडौं । इन्डियन प्रिमियर लिग टी –२० क्रिकेट अन्तर्गत फाइनलमा पुग्न आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ । लिग चरणमा मुम्बई पहिलो र दिल्ली दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको हो । तेस्रो भएको हैदराबादले चौथो भएको बैंगलोरलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिपफारयमा स्थान बनाएको हो । दिल्ली अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । २०१८ मा पनि फाइनल पुगको हैदराबाद चेन्नईसँग पराजित भएको थियो । लिगमा चरणको अन्तिम तीन खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको हैदराबादले लो स्कोरिङ खेलमा बैंगलोरलाई पराजित गर्दै उच्च आत्मबिश्वास बनाएको छ । अन्तिम लिग खेलमा बैंगलोरलाई पराजित गर्दै दिल्लीले शीर्ष दुईमा स्थान पक्का गरेको थियो । तर पहिलो क्वालिफायरमा दिल्ली मुम्बईविरुद्ध निरीह बनेको थियो । हैदराबाद डेभिड वार्न र दिल्ली श्रेयस अयेरको कप्तानीमा मैदान उत्रनेछन् । खेल युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।