बैतडीकोमा जिप दुर्घटना, एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक २३ आईतवार

बैतडीकोमा जिप दुर्घटना, एक जनाको मृत्यु

बैतडी कार्तिक २३ । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको जिल्लाको दोगडाकेदार गाउँपालिका २ सिल्लेगडाबाट कफलकोट तर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार शनिबार साँझ पौने सात बजे दुर्घटनामा परेको हो ।जिप दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका २ कफलकोटका अन्दाजी ३३ बर्षीय बीरबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतक जिप साहुका भाई रहेका छन।यस्तै दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन् । उक्त जिपमा दुई जना मात्रै सवार रहेको थिए।जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ भने मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पातलमै लगिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।