सीमानाका बन्द हुदाँ भारतीय पेन्सनरलाई समस्या प्रशासन भन्छ पहल गर्दै छौ।।

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

सीमानाका बन्द हुदाँ भारतीय पेन्सनरलाई समस्या प्रशासन भन्छ पहल गर्दै छौ।।

बैतडी कार्तिक २१ । लामो समयदेखि नेपाल–भारत सिमानाका झुलाघाट नाका बन्द हुदाँ भारतीय पेन्सनरहरुलाई समस्या भएको छ । कोरोना महामारीका कारण गत चैत महिनादेखी नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुलाई पेन्सन बुझ्न समस्या भएको हो । नाका बन्द भए पछि गत साउन महिनामा १ चोटी स्थानिय प्रशासनको समन्वयमा ३ दीनका नाका खोलिएको भए पनि सबैले पेन्सन बुझ्न पाएका थिएनन । त्यस यता नाका नखोलिदा समस्या भएको गोर्खा रेजमेन्टका भुतपुर्ब सुबेदार दशरथचन्द नगरपालिका २ देहीमाण्डौका बिर बहादुर बोहराले बताउनुभयो । सीमापारी झुलाघाटका बैकंबाट पेन्सन बुझ्ने गरेकोमा नाका बन्द हुदा ५ महिनादेखिको पेन्सन बुझ्न नपाएको उहाँले गुनासो गर्नुभयो । कोरोना भाईरसका कारण लामो समयदेखि नाका बन्द हुँदा पेन्सन बुझ्न नपाए पछि अहिले घर खर्च चलाउन पनी समस्या भएको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरका भारतीय पेन्सर राम सिह मालले बताउनुभयो । पेन्सनकै भरमा घर खर्च चलीरहेकोमा अहिले पेन्सन बुझ्न नपाउदा गुजारा चलाउन मुस्किल भएको सोही ठाउँका भारतीय पेन्सर जय बहादुर मालले दुखेसो गनुभयो । केही दिन अगाडी मात्रै मेलौली नगरपालिकाका बिभिन्न स्थानका भारतीय पेन्सनरहरुले आफूहरुले पेन्सन बुझ्न नपाएको भन्दै नेपालमै पेन्सन बुझ्ने व्यवस्था मिलाई दिन अनुरोध गर्दै नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए । यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने २ हप्ता अगाडी नै सीमानाका खुलाउने बिषयमा भारतको स्थानिय प्रशासनसगं समन्वय भईरहेको जनाएको थियो तर अहिले सम्म सीमनाका खुलेको छैन । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले पेन्सनरहरुको समस्याका बिषयमा पत्र मार्फत भारतीय प्रशासनलाई जानकारी गराएको जानकारी दिनुभएको छ । बैतडीमा १ हजार २ सय जना भारतीय पेन्सनरहरु रहेका छन ।