व्यासँ गाउँपालिकाका ३ वडाको निषेधाज्ञा हटाइयो ,वडा नम्बर ६ मा पुनः निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

व्यासँ गाउँपालिकाका ३ वडाको निषेधाज्ञा हटाइयो ,वडा नम्बर ६ मा पुनः निषेधाज्ञा जारी

दृष्टिकोण समाचार कार्तिक २१ दार्चुला । जिल्लाको व्यासँ गाउँपालिकाका ३ वटा वडाहरुमा लगाइएको निषेधाज्ञा हटाइएको छ भने वडा नम्बर ६ मा पुनः निषेधाज्ञा जारी गरिएको छ । कात्र्तिक ६ गतेदेखि लागु हुने गरि वडा नम्बर ६ देखि वडा नम्बर ३ सम्म चार ओटा वडामा निषेधाज्ञा गरिएको थियो । ब्याँस गाउँपालिकामा जनप्रतिनिधि तथा स्वास्थ्यर्की लगायतका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले  जिल्ला प्रशासन कार्यालय दार्चुलाले गाउँपालिकाको अनुरोधमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा गरिएका वडा नम्बर ३, ४ र ५ क्षेत्रका कोरोनाको आशंका गरिएका व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ अएकाले आजदेखि निषेधाज्ञा हटाइएको हो । शंकास्पद व्यक्तिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको र अवस्था सामान्य रहेकोले जिल्ला प्रशासन कार्यालय दार्चुलाले तीन ओटा वडाक्षेत्रको निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो । उक्त क्षेत्रमा रहेका संक्रमितहरु पनि निको भई घर फर्किएकाले अवस्था सामान्य रहेको भन्दै आज बेलुकी ६ बजेदेखि लागु हने गरी निषेधाज्ञा हटाइएको हो । गाउँपालिकाका तीन ओटा वडाको निषेधाज्ञा हटाइएपनि वडा नम्बर ६ को निषेधाज्ञा भने हटाइएको छैन । वडा नम्बर ६ मा एक जनामा कोरोना संक्रमण देखिएकाले समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि निषेधाज्ञा कायमै राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । वडा नम्बर ६ को पूर्वमा दम्दाकोट, पश्चिममा महाकाली नदी, उत्तरमा रिठिङगाड र दक्षिणमा तंल्या कालागाड क्षेत्रमा निषेधाज्ञा कायमै राखिएको छ । वडा नम्बर ६ को उक्त चार किल्ला क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आज बेलुकी ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलिन जोखिम रहेको क्षेत्रमा स्थानीय सरकारको अनुरोधमा निषेधाज्ञा जारी गर्दै आएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा हटाइएको क्षेत्रमा पनि जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु सामजिक दुरी कायम गर्न, मास्क प्रयोग गर्न र भीडभाड नगर्न  प्रशासनले आग्रह गरेको छ । हेनुहोस सुचना सहित