सुदूरपश्चिमका थप ९२ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

 सुदूरपश्चिमका थप ९२ जनामा कोरोना पुष्टि

कैलाली कार्तिक २१ । सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २र२ जना, ठेगना नखुलेका १ जना, कञ्चनपुरको वेदकोट नगरपालिकाका ९ जना, बेलौरीका २ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । कञ्चनपुरकै भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका १र१ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १र१ जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।