बर्षा संगै शैल्यशिखर नगरपालीकाको विभिन्न ठाउमा बाढि पहिरो 

६ बर्ष अघि

२0७५ श्रावण ९ बुधबार

बर्षा संगै शैल्यशिखर नगरपालीकाको विभिन्न ठाउमा बाढि पहिरो 


दृष्टीकोण समाचार दार्चुला ,दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नं. ८ मा दैलमा बस्तीमा करिक ५ घर जोखिम्मा रहेका छन । नगरपालीका ८ का स्थानीय जगत दमाई, फुनड हुडके , राम हुडके , कल्यान हुडके र दले दमाई लगायतका करिव आधा दर्जन घरहरु जोखिमा रहेको स्थानीय जगत दमाईले जनाएका छन । 
शैल्यशिखर नगरपालीका वडा नं. ८ सुल्याचौर खोलामा बाढि आउदा घरहरुको आगन समेत कटान गरि बगाएकोले बस्न समेत समस्या भएको अर्का स्थानीय कल्यान हुडकेले बताउनु भयो । त्यसै गरि शैल्यशिखर नगरपालीका वडा नं.९ ,वडानं. ७ लगायतका केहि वस्तीहरुमा बाढि पहिरोले क्षेति गरेको शैल्यशिखर नगरपालीकाको कार्यालय दार्चुलाले जनाएको छ । मंगलबार राति आएको बर्षाका कारण जिल्लाको विभिन्न ठाउमा खेतबारी तथा बर्षे बालिहरु नष्ट भएको छ ।   भने महाकाली लोक मार्ग अन्र्तगत शैल्यशिखर नगरपालीका वडा नं. ६ चैतलिचोरामा पहिरो खस्दा साना तथा ठुला यातायातका साधनहरु अलपत्र परेका छन ।