लेकम गाँउपालिका १ मा निशूल्क स्वास्थ्य तथा पशु सिविर संचालन गरिदै ।।

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

लेकम गाँउपालिका १ मा निशूल्क स्वास्थ्य तथा पशु सिविर संचालन गरिदै ।।

पुष्पाधामी कार्तिक २० दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिकाको वडा न १ मा निशुल्क आधारभुत स्वास्थ्य शिबिर सञ्चाल नहुने भएको छ । समाज सुधारकालागि युवा एकता अभियानले लेकम गाउँपालिका वडा न  १ मा निशुल्क आधारभुत स्वास्थ्य शिबिर, पशु पालन तालिम तथा कृषि सम्बन्धि तालिम तथा बिउबिजन बितरण गर्ने कार्यक्रम रहेको स्थानीय युवा दिपक विष्टलले जानकारी दिनु भयो । जिल्लाको दुर्गम तथा पिछडिएको लेकम गाउँपालिकाको वडा न १ मा धेरै जसो स्रोतका साधनहरु सहज रुपले उपलब्ध गराउन सकिने भएकाले र कोरोना संक्रमणको कारण अन्य ठाउँहरुमा काम गर्न असहज हुने हुँदा यो कार्यक्रम वडा न १ को बिभिन्न ठाउँमा सञ्चालन गरिने स्थानीय युवा विष्टले जानकारी दिएका छन् । आधारभुत स्वास्थ्य शिबिरमा ब्लड प्रेसर जाँच,ब्लड सुगर जाँच, ज्वरो जाँच, मधुमेह, दमका रोगि तथा उच्च रक्तचापका बिरामीहरुलाई निशुल्क औषधि बितरण, कोरोना तथा संक्रमण रोगहरु सम्बन्धि जनचेतना दिईने भएको छ ।