नेपाल टेलिकमले दार्चुलाका ११ टावरबाट फोरजी सेवा दिदै

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

नेपाल टेलिकमले दार्चुलाका ११ टावरबाट फोरजी सेवा दिदै

दृष्टिकोण समाचार कार्तिक २० दार्चुला । नेपाल टेलिकमले दार्चुलाले जिल्लाको ११ ठाउँमा टावर निर्माण गरि फोरजी सेवा सुचारु गरेको छ । मोबाइल सेवामा आधुनिक प्रविधि मार्फत सेवा विस्तार गर्ने उदेश्यका साँथ नेपाल टेलिकमले सेवा विस्तार गरेको हो छ । सदरमुकाम खलंगा लगायत ग्रामिण भेगमा पनि टेलिकमको फोरजी सेवा पुगेको छ । नमस्ते मोबाइलका टावर मार्फत फोरजी सेवा उपलब्ध भइरहेको नेपाल टेलिकम दाचुलाले जनाएको छ । फोरजी टावर कभरेज भएको स्थानमा उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।खलंगास्थित टेलिकम परिसर, बाँगाबोगड , वालशिखर टावर, गोकुलेश्वर आगर पस्ती कुचाकोट एरीछाना उलेनी धाप रानीशिखर र खडेश्वरीबाट नमस्ते टावर फोरजी सेवा प्रदान गरिएको टेलिकम दार्चुलाले जनाएको छ ।