तिहारमा देउसी भैलो खेल्नमा रोक ,सुरक्षा व्यवस्थामा कडाई गरियो 

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

तिहारमा देउसी भैलो खेल्नमा रोक ,सुरक्षा व्यवस्थामा कडाई गरियो 

दृष्टिकोण समाचार कार्तिक २० दार्चुला ।  जिल्ला प्रशासन कार्यायल दार्चुलाले नेपालीहरुको दोस्रो महान चाड दीपावलीमा यस वर्ष देउसी भैलो खेल्न नदिने भएको छ । कोरोना महामारी फैलिने भन्दै यस वर्षको दीपावलीमा देउसी भैलो खेल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । पछिल्ले समय कोरोना भाइरस समुदायमा समेत फैलीदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित रहन आग्रह समेत गरेका छन । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेरमात्रै घर बाहिर निस्कन आग्रह गरेका छन । साँथै जिल्ला प्रहरी कार्यालय दार्चुलाले सवारी चेकजाँच कार्यलाई कडाइका साँथ लागु गर्ने नगरि नागरिक सहायता कक्ष स्थापनागरि सेवा प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेक जाँच गर्न सबै प्रहरी युनिटहरुलाई चेकिङ कार्यलाई तीव्रता दिन जिल्ला प्रहरी कार्यालय दार्चुलाले निर्देशन दिएको छ ।