हाजिरीजवाफ प्रतियोगितामा प्रदेशभरिका क्याम्पसहरुमा दार्चुला बहुमुखी क्याम्पस प्रथम

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

हाजिरीजवाफ प्रतियोगितामा प्रदेशभरिका क्याम्पसहरुमा दार्चुला बहुमुखी क्याम्पस प्रथम

पुष्पा धामी कार्तिक २० दार्चुला । हाजिरीजवाफ प्रतियोगितामा प्रदेशभरिका क्याम्पसहरुमा दार्चुला बहुमुखी क्याम्पस प्रथम भएको छ । मुलुकभरका सामुदायिक रेडियोहरुको नेटर्वक,  सामुदायिक सुचना नेटर्वक –सिआइएनको आयोजनामा गरिएको ‘संसद, संसदीय अभ्यास’ र प्रक्रियाको बिषयमा ‘युवाको भूमिका’ मा हाजिरी जवाफ प्रतियोगिता गरी सुदुरपश्चिम प्रदेशभरिका क्याम्पसहरुमा दार्चुला बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । प्रदेशभरिका ९ ओटा सहभागि क्याम्पसमध्ये दार्चुला बहुमुखी क्याम्पस प्रथम स्थानमा पर्न सफल भएको क्याम्पस प्रमुख कृष्ण सिह साउँदले जानकारी दिनुभएको छ । प्रतियोगितामा डोटी बहुमुखी क्याम्पस र जयपृथ्वी क्याम्पसले द्वितीय र कैलाली बहुमुखी क्याम्पसले तृतीय स्थान प्राप्त गरेको छ । दार्चुला बहुमुखी क्याम्पसको टिममा नरबहादुर ठगुन्ना, नरेन्द्र प्रसाद जोशी र जानकी पालको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाबाट नौ ओटा क्याम्पसको सहभागिता रहेको थियो । दार्चुलाबाट दार्चुला बहुमूखी क्याम्पस, बैतडीबा पाटन बहुमूखी क्याम्पस, बझाङबाट जयपृथ्वी बहुमूखी क्याम्पस, डडेल्धुराबाट डडेल्धुरा बहुमूखी क्याम्पसको सहभागिता रहेको थियो । यस्तै अछामबाट अछाम बहुमूखी क्याम्पस, डोटीबाट डोटी बहुमूखी क्याम्पस, बाजुराबाट बाजुरा क्याम्पस, कञ्चनपुरबाट सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस र कैलालीबाट कैलाली बहुमूखी क्याम्पसले सहभागिता जनाएका थिए ।