बैतडीमा थप १ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

बैतडीमा थप १ जनामा कोरोना पुष्टि

 बैतडी कार्तिक २० । बैतडीमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका वडा नम्वर १० का २५ बर्षिय १ पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित पुरुष काठमाण्डैं बाट आएर होम क्वारेन्टाइनमा बसिराखेकै बेला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।आज १ जना कोरोना संक्मित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ४७९ पुगेको छ । यस्तै जिल्ला बाट आज थप एक जना संक्रमित डिस्चार्ज भएका छन । ४७९ मध्ये ११ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।पाटन नगरपालिकामा ५, दशरथचन्द नगरपालिकामा ५ र सुर्नया गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका कोभीड १९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । ४७९ जना मध्ये ४६६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।