पाटनका सौर्यबत्ती र सिसिटिभी क्यामेरा काम नलाग्ने, बिग्रिएको वर्षौ बित्यो,मर्मतमा बेवास्ता 

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

पाटनका सौर्यबत्ती र सिसिटिभी क्यामेरा काम नलाग्ने, बिग्रिएको वर्षौ बित्यो,मर्मतमा बेवास्ता 

बैतडी कार्तिक २० ।  बैतडीको पाटन नगरपालिका स्थीत पाटन बजारमा जडान गरिएका सौर्य बत्ती र सिसिटिभी क्यामेरा बिग्रिएका छन । डेढ वर्ष पहिले नगर परिसर भित्र सडक छेउ छाउमा जडान गरिएका सौर्य बत्ती बिग्रिएका र ५ महिनादेखि सिसिटिभी क्यामेरा काम नलाग्ने भएका हुन ।लामो समयदेखि सौर्य बत्ती र सिसिटिभी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष प्रविन भण्डारीले जानकारि दिनुभएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको १० लाख अनुदान, पाटन नगरपलिकाको २लाख र स्थानिय नागरिकको १ लख ५० हजार सहयोग गरि जम्मा १३ लाख ५० हजारमा २०७१ सालमा जडान गरिएका सौर्य बत्ती डेढ वर्ष पहिले बिग्रीएका भएपनि मर्मत हुन नसकेका उहाँले बताउनुभएको छ ।बजार परिसरमा उज्यालोका लागि जडान गरिएका करि ४६ ओटा सौर्य बत्ती मध्ये ३६ ओटा बिग्रिएर उज्यालोनै नबल्ने भएका बजार व्यवस्थापन समति अध्यक्ष भण्डारीको भनाई छ । उज्यालोका लागि जडान गरिएका सौर्यबत्ती र अपराधिक क्रियाकलाप न्युनिकरण गर्न सिसिटिभी क्यामेरा जडान गरिएका भएपनि अहिले बिग्रिदा समस्याभएको छ ।सौर्य बत्ती बिग्रिदा पदैल हिड्ने यात्रुलाई समस्या छ भने सिसिटिभी क्यामेरा बिग्रिदा बजार क्षेत्रभित्र अपराधिक क्रियाकलाप बढ्ने खतरा बढेको छ । मर्मतमा सरोकारवाला निकायले ध्यान नदिदा समस्याभएको बजार व्यवसायि तथा स्थानियहरुको गुनासो रहेको छ । बजार परिसर भित्र जडान गरिएका सिसिटिभी र सौर्य बत्ती बिग्रिएको वर्षौ बितेपनि सम्बन्धीत पक्षबाट मर्मतकालागि पहल हुन सकेको छैन् ।