आज मुम्बई र दिल्ली बिच म्याच हुँदै

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

आज मुम्बई र दिल्ली बिच म्याच हुँदै

२० कार्तिक काठमाडौं । आईपीएलको क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको क्वालिफायर आज साँझ ७ बजेर ४५ मिनेटमा दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वापलफार–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालमा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदराबाद बिच हुँदैछ । अबुधाबीमा आइतबार हुने क्वालिफायर – २ मा जित निकाल्ने टिम र क्वालिफायर –१ विजेताबिच अगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।