गोरुले कुल्चेर एक महिलाको मृत्यु 

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

गोरुले कुल्चेर एक महिलाको मृत्यु 

बैतडी कार्तिक२० । बैतडीमा गोरुले कुल्चेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडीदेवलकी ६० बर्षीय जयन्ती भण्डारीको गोरुले कुल्चेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्तिक १७ गते खेतमा गहुँ छर्ने क्रममा गोरुले कुल्चेर गम्भीर घाईते भएकी भण्डारीलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा १८ गते उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।